
काठमाडौं, २७ माघ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलाको १३ रुपैँयाले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैँयाले घटेको छ ।
चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया