१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति शर्मासँग चीनका राजदूतद्वारा शिष्टाचार भेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उनीहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।

सेनाले यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।