
काठमाडौं, २६ माघ । सरकार गठन भएको ३० दिनमै सुदूरपश्मि प्रदेश सरकार ढलेको छ ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संसदबाट विश्वासको मत पाउन असफल भएसँगै प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्री रावलको बहिर्गमनसँगै अब प्रदेशको ठूलो दलको हैसियतले नेपाली काँग्रेसले मुख्यमन्त्री पाउने छ ।
अब काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन् । शाहले पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनमा संसदबाट विश्वासको मत लिनुपर्नेछ ।
संसदबाट विश्वासको मत पाएको खण्डमा सरकारले निरन्तरता पाउँछ भने विश्वासको मत नपाएमा प्रदेश अर्को निर्वाचनमा जानेछ ।















प्रतिक्रिया