
काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संसदबाट विश्वासको मत पाउन असफल भएका छन् ।
बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेश गरेकामा विश्वासको मत नपाएका हुन् । रावल मुख्यमन्त्री बनेका ३० दिनमै पदमुक्त भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएसँगै सरकार ढलेको हो । रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।















प्रतिक्रिया