
काठमाडौं, २६ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समय घर्किएसँगै सुदूरपश्चिम प्रदेशको सरकार जोखिममा परेको बताएका छन् ।
नेकपा एमालेको सचिवालय बैठबारे जानकारी दिदै उनले नागरिक उन्मुक्ति पार्टीसँग आफूहरू निरन्तर छलफलमै रहेकाले सरकार जोगाउने प्रयत्न भइरहेको जानकारी दिएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्नु दु:खद भएको बताएका छन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सुदूरपश्चिमको सरकार जोगिने बताएका छन् । आज प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भएको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभा बैठक सुरू भइसकेको छ ।















प्रतिक्रिया