१ कार्तिक २०८३, शनिबार

कांग्रेस महामन्त्री गगन थापाले गरे प्रधानमन्त्री प्रचण्डसँग भेट, राष्ट्रपति दिन आग्रह

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

आज बिहीबार भएको उनीहरूबीचको भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र भावी कदमबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर विवाद र आलोचनाको शिकार बनिरहेको नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर पनि संवैधानिक पदहरूमा आफ्नो उपस्थिति देखाउन खोजिरहेको छ । राष्ट्रपति आफूले पाउनुपर्ने दाबी समेत गरिरहेको कांग्रेसले वर्तमान सत्ता गठबन्धन फुटाएर मुलुकलाई थप अस्थिरताको बाटोतर्फ डोहोर्‍याउन खोजेको टिप्पणी भइरहेको छ ।

राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा प्रधानमन्त्री दाहालसँग महामन्त्री थापाले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा थापाले राष्ट्रपति पद नेपाली कांग्रेसलाई दिन बारम्बार आग्रह गरेको बताइएको छ ।