
काठमाडौं, २६ माघ । टर्कीमा गएको विकाशकारी भूकम्पमा परेर हालसम्म टर्की र सिरियामा १५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार घाइतेहुनेहरुको संख्या दशौँ हजार पुगेको छ । उद्दार टोलीले भवन भत्किएका ठाउँमा मानिसहरुको खोजी गरिरहेका छन् ।
यसैबीच टर्कीमा उद्दारकार्य प्रभावकारी हुन नसकेको भन्दै विरोध भएको छ । चौतर्फी विरोधपछि राष्ट्रपति रेसेप तैयम एर्दोगानले कमजोरी स्वीकार्दै अहिले अवस्थामा हात भन्दा बाहिर भने नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सरकारको चौतर्फी विरोध भएपछि टर्की सरकारले ट्वीटर नै बन्द गराएको छ ।















प्रतिक्रिया