१ कार्तिक २०८३, आइतबार

नेपाल छिरेर भारतीयले चलाए गोली, एकजना नेपाली घाइते

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । सप्तरीमा गोली चलेको छ । बुधबार साँझ भारतीय नागरिकहरुले नेपाल छिरेर गोली चलाएका हुन् ।

कोसी नदीको मध्यभागमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा छिरेर भारतीयहरुले गोली चलाएका हुन् ।

स्थानीयका पशुचौपाया चोरी गर्ने एकजना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएपछि ३० जनाभन्दा धेरैको समूहमा हतियारसहित आएका भारतीयले गोली चलाएका हुन् ।

उनीहरुले ५/६ राउण्ड गोली प्रहार गरेर स्थानीयले समाएका व्यक्तिलाई छुटाएर लगेको प्रहरीले जानकारी दिएको छ । भारतीयले चलाएको गोलीको छर्रा लागेर महेन्द्र पासवान रहेका छन् ।

उनको खुट्टामा छर्रा लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।