
काठमाडौं, २५ माघ । काठमाडौंको बत्तिसपुतलीमा एक पुरुषको हत्या भएको छ । मंगलबार राति पर्साका ध्रुव खड्काको हत्या भएको हो ।
बत्तिसपुतलीबाट पार्टीमा सहभागी भएर निस्किएका ५५ वर्षीय खड्काको रातोपुलमा लगेर हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
हत्या आरोपमा प्रहरीले चितवनका राम थापालाई पक्राउ गरेको छ । पार्टीबाट मदिरा सेवन गरेर निस्किएका खड्कालाई घर पुर्याइदिन्छु भन्दै ट्याक्सीमा चढाएर रातोपुल लगेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
थापाले खड्कालाई लुटपाट गरेर विभत्स रुपमा हत्या गरेका हुन् । पक्राउ परेका थापा गाँजा कारोबार गर्दै आएका खुलेको छ ।
खड्का र थापाबीच यसअघि परिचित नरहेको खुलेको प्रहरीले बताएको छ । थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया