
काठमाडौं, २५ माघ । आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबिच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ।
हालै सम्पन्न सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो। सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आईएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन्।
सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आईएमई पे एपबाट तिर्नसक्नेछन्।















प्रतिक्रिया