१ कार्तिक २०८३, आइतबार

हेटौंडामा बाघको आक्रमणबाट एकजना घाइते

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २५ माघ । मकवानपुरको हेटौंडा उपमहानगर-१८ रामधुनी बस्ती नजिकै रहेको जंगलमा बाघको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन्।

घाइते हुनेमा स्थानीय ५५ वर्षीया मैती बयलकोटी रहेकी छिन् । बुधबार अपरान्ह ४ बजे घाँस काट्न गएको बेला बाघको आक्रमणबाट बयलकोटी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

बाघको आक्रमणमा परेर घाइते भएकी बयलकोटीको गाला, ओठ र ढाडमा चोट लागेको छ । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ।

मंगलबारदेखि हेटौंडा-१८ गुम्बाडाँडा क्षेत्रमा बाघको आंतक बढेको छ । मंगलबार नै बाघले स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा मारेको थियो भने आज बिहान सोहि स्थानकै बंगुर मारेको थियो ।

बाघले मानिसहरुलाईसमेत आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । सम्बन्धित निकायले यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ।

पछिल्लो एक महिनादेखि जिल्लाको बकैया गाउँपालिकाको विभिन्न वडामा बाघ आतंक मच्चिएको छ ।