१ कार्तिक २०८३, आइतबार

भूकम्पमा परेर टर्की र सिरियामा ११ हजारभन्दा धेरैको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा हालसम्म ११ हजारभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।

भूकम्पमा परेर दशौँ हजार मानिसहरु घाइते भएका छन् । उद्दार कार्य जारी रहेकाले अझै मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

टर्की र सिरियामा हजारौँ भवनहरु ध्वस्त भएका छन् । दुवै देशमा मानिसहरुलाई मानवीय सहायता आवश्यक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि हालसम्म १ सय भन्दा धेरै पराकम्पन गइसकेको छ ।