१ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनबाट नेकपा (एमाले) का कुमार दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा दसौदी निर्वाचित भएका हुन् । दसौदीका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार माधव आचार्य पराजि भए ।

दसौदीले ४ हजार २४ मत पाउँदा आचार्यले ३ हजार ७ सय २० मत पाए । यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेद वार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि लुम्बिनीमा उपनिर्वाचन भएको हो ।