
काठमाडौं, २५ माघ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टी सदस्यता त्याग गरेकी छिन् ।
अर्यालले माओवादी केन्द्रको सदस्यता त्याग गरेकी हुन् ।
उपसभामुख निर्वाचित भएपछि आफू आवद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता र राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा अर्यालले गरेकी हुन् ।
अर्याल माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी थिइन् ।















प्रतिक्रिया