१ कार्तिक २०८३, आइतबार

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचनमा ३०४ जनाले गरे मतदान, नतिजा कहिले आउँछ ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभाको उपनिर्वाचन सकिएको छ ।

बिहानबाट सुरु भएको निर्वाचन दिउँसो सकिएको हो । दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको थियो ।

प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्। एकजना सांसद भने अनुपस्थित रहिन् । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेमा उपनिर्वाचन भएको हो ।

मतपरिणाम करिब एक घण्टाभित्रै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।