१ कार्तिक २०८३, आइतबार

करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध हालिन् उजुरी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । अभिनेत्री करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्व साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

आफ्नो मानहानी गरेको भन्दै करिष्माले डिल्लीरामविरुद्व उजुरी दिएकी हुन् । डिल्लीराम खनाल युट्युबमा भाइरल व्यक्ति हुन् ।

खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी हुन्। ‘उहाँ को हो ? यो अत्ति भयो। भइहाल्यो भने, कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ, सहेँ,’ उनले लेखेकी छन्, ‘हिजो साइबर ब्युरोमा निवेदन हालेको छु। हेरू नेपाल को कानुन कत्तिको बलियो छ।’

उनले आफू हिन्दु भएकाले लिभिङ टुगेदरमा बस्ने विचारमा विश्वास नगर्ने पनि बताएकी छन्।