
काठमाडौं, २५ माघ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई हराउने दाबी गरेका छन् ।
लोकतन्त्र संवाद केन्द्रले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले एमालेले अघि सारेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका हुन्।
‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं, हराएरै छाड्छौं। कोसिस गर्छौं, लाग्छौँ–लाग्छौँ,’ महामन्त्री थापाले भने।
थापाले एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवार विजयी भए संविधान दुर्घटनामा जाने टिप्पणी गरे ।















प्रतिक्रिया