
काठमाडौं, २५ माघ । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको हत्या आशंकामा पछिल्लो पटक तीन जनाको डीएनए परीक्षण गरिएकोमा तीनैजनाको डीएनए रिपोर्ट नेगेटीभ आएको छ ।
निर्वतमान गृहमन्त्री रवि लामिछाने गृहमन्त्री नियुक्त भएलगत्तै नयाँ छानबिन समिति गठन गरेर पुन अनुसन्धान सुरु गराएका थिए । त्यसक्रममा प्रहरीले तीन जनाको डीएनए परीक्षण गरेको थियो ।
भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो ।
निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो ।















प्रतिक्रिया