
काठमाडौं, २५ माघ । भोलि (बिहीबार) उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भएको छलफलमा भोलि उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।
उच्चस्तरीय संयन्त्रको संयोजकमा अध्यक्ष ओली नै रहेका छन् । उच्चस्तरी संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुनेछ ।
राष्ट्रपति निर्वाचनको मिति फागुन ४ गतेका लागि तोकिएपनि हालसम्म उम्मेदवारको विषयमा अन्योलता रहेको छ ।















प्रतिक्रिया