
काठमाडौं, २५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ ।
आफ्ना मागहरु पूरा नभएको भन्दै विश्वासको मत नदिने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् । नाउपाले टीकापुर हत्याकाण्डका राजबन्दीहरुको रिहाइ, हालसालै जेल चलान भएका सांसद अरुण चौधरीको रिहाईको माग राख्दै आएको छ ।
यसैबीच, नाउपाले विश्वासको मत नदिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेश ढल्ने अवस्थामा पुगेको छ । ५३ सदस्यीय प्रदेश सभामा रावलले सरकार टिकाउन २७ जनाको मत पाउनुपर्छ ।
प्रदेशसभामा कांग्रेसका (१८), नेकपा (माओवादी केन्द्र) को सभामुख सहित (११), एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना छन्।
रावलले विश्वासको मत पाउनका लागि काँग्रेसको नभए नाउपाको र त्यो पनि नभए एकीकृत समाजवादी पार्टीसहित १ जना स्वतन्त्र सांसदले मत दिनुपर्ने छ ।
जसमा काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म मुख्यमन्त्री रावललाई विश्वासको मत दिने सम्भावना देखिएको छैन । जसले गर्दा सरकार ढल्ने अवस्थामा पुगेको हो ।















प्रतिक्रिया