
काठमाडौं, २४ माघ । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी ब्रेक हुन सक्ने बताएका छन् ।
स्पेस फोरके टिभीको स्पेस बहस कार्यक्रममा चौधरीले रवि लामिछानेको सिग्नेचर नै नचलेपछि त्यही सिग्नेचरका भरमा पार्टी दर्ता, उम्मेदवारी र सांसद भएका व्यक्तिहरूको पद नै जान सक्ने बताएका हुन् ।
‘रेशमलाल चौधरीले त्यत्रो मत लिएर जितेका थिए नि त तर, पनि सबै बिग्रियो । सुन्दा अप्रिय लाग्न सक्ला तर पनि परिस्थिति सबै मिल्दै गएमा रास्वपाका सांसदहरुको पद नै जाने देखिन्छ,’ उनले भने ।















प्रतिक्रिया