१ कार्तिक २०८३, आइतबार

नेपाल टी-ट्वान्टी लिग: स्पट फिक्सिङमा संलग्न थप एकजना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाल टी ट्वेन्टी लिगमा स्पट फिक्सिङमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वीरगञ्जका नितेश गुप्तालाई पक्राउ गरेको हो । गुप्ता फिक्सिङमा बिचौलियाको भूमिकामा थिए ।

उनले केही खेलाडीहरुलाई फिक्सिङका लागि अफर गरेको सीआइबीले जानकारी दिएको छ । उनले तीनजनालाई फिक्सिङका लागि अफर गरेको र तीनैजना खेलाडीले अफर अस्वीकार गरेको पाइएको प्रहरीले बताएका छ ।

प्रहरीले यसअघि नै क्रिकेटर आदिल अन्सारी र मेशबुव आलमलाई पक्राउ गरिसकेको छ ।