१ कार्तिक २०८३, आइतबार

चारजना सचिवको सरुवा, को कहाँ पुगे ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ माघ । नेपाल सरकारका चारजना सचिवको सरुवा भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयमा पुर्‍याइएको छ ।

यस्तै, प्रधानमन्त्री कार्यालयका कानुनतर्फका सचिव धनराज ज्ञवाली कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका छन् भने उक्त मन्त्रालयका कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री कार्यालय पुगेका छन्।