१ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद्का १४ निर्णयहरु (पूर्णपाठसहित)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णइहरु सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले रक्षा मन्त्री हरि प्रसाद उप्रेतिको फाल्गुन १ देखि ५ गतेसम्म हुने भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ भने बागमती बाँध आयोजनाको कार्यान्वयन अघि बढाउन काठमाडौंको गोकर्णेश्वर-१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरु हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तार छुट दिने निर्णय गरेको छ ।

सम्पती शुद्वीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको बिधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिने, मन्त्रीपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानून मन्त्रालय र कानून मन्त्रालयका सचिव उदयराज सापकोटालाई मन्त्रिपरिषद्को कार्यालय सचिव पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको प्रवक्ता शर्माले जानकारी दिइन् ।