
काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले पार्टी सभापति रवि लामिछानेले आइतबार दिएको अभिव्यक्तिप्रति पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।
रविले मिडिया र विभिन्न व्यक्तिहरुको आलोचना गरेपछि पार्टीभित्रै लामिछानेविरुद्व आवाज उठिरहेको भन्ने हल्लामा प्रष्टीकरण दिँदै पार्टीका सम्पूर्ण सदस्यको लामिछानेलाई समर्थन रहेको बताएका हुन् ।
यस्तै, उनले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन्। उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताए।
‘पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौं। हामी सबै ठीक ठाउँमै छौँ,’ उनले भने। मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधानपालना गराउने जस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न भन्ने रास्वपाको मत रहेको उनले बताए।
‘सात महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको बाचापत्रमा लेखिएका विषय सङ्गठनलाई बलियो बनाएर कार्यन्वयनमा लगिनेछ,’ उनले भने।















प्रतिक्रिया