१ कार्तिक २०८३, आइतबार

बहिष्कारका बावजुत ज्योती मगरको अर्घाखाँचीमा भव्य प्रस्तुति

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । लोकगायिका ज्योती मगरले सोमबार अर्घाखाँची पुगेर प्रस्तुति दिएकी छिन् ।

अर्घाखाँची महोत्सवमा ज्योतीलाई १० वटा सांगीतिक संघ–संस्थाले बहिष्कार गरेकामा उनले चुनौती दिँदै भव्य प्रस्तुति दिएकी हुन् ।

१० वटा सांगीतिक संघ–संस्थाले एउटा संयुक्त विज्ञप्ति निकाल्दै ज्योतीलाई बहिष्कारको घोषणा गरेका थिए । ज्योतीले कार्यक्रममा असभ्य प्रस्तुति दिने भन्दै बहिष्कार गर्ने विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

ज्योतीले बहिष्कारपछि समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई रोकेर देखाउन चुनौती दिएकी थिइन् ।

उनी आफ्नै निजी कारमा अर्घाखाँची पुगेर प्रस्तुति दिएकी हुन् ।