१ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालयमा शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आर्याललाई सपथ गराएका हुन् ।

सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।