१ कार्तिक २०८३, आइतबार

भूकम्पमा परेर टर्की र सिरियामा हालसम्म ४३ सय भन्दा धेरैको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परेर टर्की र सिरियामा गरी हालसम्म ४ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ ।

भूकम्पमा परेर हजारौँ घाइते भएका छन् । हजारौँ भवनहरु ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिरियाको उत्तरपश्चिम क्षेत्रका मानिसहरु मानवीय सहायता कुरेर बसेका छन् । टर्कीको दक्षिण पूर्वी गाजियान्टामा केन्द्रबिन्दु भएर सोमबार बिहान गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पको ठूलो प्रभाव सिरियामा पनि परेको हो ।

टर्कीमा १०० वर्षभन्दा बढी समय लाग्ने सबैभन्दा शक्तिशाली भूकम्पमध्येको एक भएको बताइएको छ ।