१ कार्तिक २०८३, आइतबार

एक मन्त्री र राज्यमन्त्रीसहित माओवादी मधेस सरकारमा सहभागी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्र पनि मधेश सरकारमा सहभागी भएको छ ।

मन्त्रालयको विषयमा असन्तुष्टि जनाउँदै यसअघि सरकारमा सहभागी नभएको माओवादी एक मन्त्री र एक राज्यमन्त्री पाएसँगै सरकारमा सहभागी भएको हो ।

माओवादी पनि सरकारमा सहभागी भएसँगै मधेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले उद्योग, वन तथा पर्यटनमन्त्रीमा सुनिता यादव र सोही मन्त्रालयकै राज्यमन्त्रीमा रहबर अन्सारीलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिनेछन् ।