
काठमाडौं, २४ माघ । पछिल्लो समय अमेरिकी अरीहरुको नेपाल भ्रमण बाक्लिएको छ । कतिपयले यसलाई अस्वभाविक भएको टिप्पणीसमेत गरिरहेका छन् ।
केहि दिनअघि दुई दिने नेपाल भ्रमण सकेर अमेरिकी राजीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड फर्केलगत्तै आज अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावेर नेपाल आउँदै छिन् ।
उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।
सामान्थाले नेपालमा नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने बताइएको छ ।
यस्तै उनले प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्न कार्यक्रम पनि रहेको छ ।















प्रतिक्रिया