१ कार्तिक २०८३, शनिबार

आगलागी पीडितका लागि राहत, पुनर्स्थापना र पुनर्निमाणमा ध्यान दिन सांसद रिजालको आग्रह

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेकपा एमालेका सांसद ईश्वर बहादुर रिजाल (ईश्वरी)ले दोलखामा हालै भएको आगलागीको घटनाबारे संसद र सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद रिजालले आगलागीबाट पीडित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन, उनीहरूको पुनर्स्थापना गर्न र बासस्थानको पुनर्निर्माणमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘माघ १८ गते राति १० बजेको समयमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ को सुन्द्रावतीस्थित कटुवाचौर बजारमा भीषण आगलागी भएको छ,’ सांसद रिजालले संसदमा भने, ‘आगलागीबाट बजारमा नौ वटा पक्की घर जलेर ध्वस्त भएको र त्यहाँ डेरा गरी व्यापार व्यवसाय गर्ने १५ घरको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । पशुधनहरू पनि नष्ट भएको छ । त्यसैगरी अहिले ठण्डीको समय छ । मान्छेहरूको घरवारबिहीनको अवस्था छ । यस्तो अवस्थामा उनीहरूलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका निम्ति खासगरी गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु ।’

सांसद रिजालले यसअघि दोलखामा बाँदर आतंकबाट सृजित समस्याका विषयमा संसद र सरकारको ध्यानाकर्षण गराएका थिए ।