१ कार्तिक २०८३, शनिबार

नयाँ वर्षमा ‘बुलाकी’ प्रदर्शनमा आउने, शुक्रबार टिजर सार्वजनिक गरिदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नारीप्रधान कथानक चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् ०८० बैशाख १ गते प्रदर्शन हुने भएको छ ।

लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत आफ्नो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

‘फर्स्टलुक’का कारण चर्चामा रहँदै आएको चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र बिराज विष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीले अभिनय गरेका छन् ।

कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको विषयमा केन्द्रित चलचित्र शिव ढकालले खिचेका हुन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोति विष्टको प्रस्तुति रहेको चलचित्रको वितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले गर्दैछ भने मोफसलको वितरक एफडी हो । अर्जुन जीसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्, अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।

म्युजिक डटकमले डिजिटल राइट खरिद गरेको चलचित्र डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरूमा खिचिएको हो । प्रचारप्रसारलाई तीव्रता दिदै निर्माण युनिटले ‘बुलाकी’को टिजर यही माघ २७ गते सार्वजनिक गर्दैछ ।