
काठमाडौं, २३ माघ । फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाइनर रनवे–२०२३’को शीर्ष उपाधि आई आईआईएएफटी स्कुल अफ फेसन डिजाइनबाट अध्यापन गरेका बिप्लवराज नाग नहरले जितेका छन् ।
शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको थियो ।

नाग नहरले शीर्ष उपाधि हात पार्दा आईआईएएफटीकै सावित्रीदेवी राईले फर्स्ट रनरअप र सरला डंगोलले सेकेण्ड रनरअप तथा वर्षा पन्त मस्ट पपुलरको सवटाइल पाउन सफल भएका छन् ।
उपाधि विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे र आयोजक संस्था मोडल सङस् नेपालका सीईओ डेभिलसिंह राजपुतले पुरस्कृत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगिताको निर्देशक स्वस्ती दंगाल र कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बास्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।
गत वर्षको शीर्ष उपाधिमा पनि आईआईएएफटी स्कुल अफ फेसन डिजाइनकै बर्चस्व थियो ।















प्रतिक्रिया