१ कार्तिक २०८३, शनिबार

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, नयाँ सेवा कसरी प्रयोग गर्ने ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सञ्चालनमा ल्याएको छ ।

बैंकको यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ ।

यो सुविधाको साथमा ग्राहकहरूले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरू न्यूनतम ब्याजदरमा भुक्तान गर्न छनौट गर्न सक्ने बताइएको छ । इन्स्टा बाइमार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुराँको बिल र यस्तै अन्य सेवाहरूको भुक्तानी पनि ईएमआईमा रूपान्तरण गर्न सकिन्छ । यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भसिेस मा क्लकि गरी वैकल्पकि डेलभिरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ । यो नयाँ फिचरले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।