
काठमाडौं, २३ माघ । माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको जहान दुर्घटनाको कारण बाहिरिएको छ ।
फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको अनुसन्धानबाट जहाज दुर्घटनाको कारण खुलेको हो । जहाजको दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना भएको खुलेको हो ।
प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न हुने र जहाज तीव्र गतिमा तल झर्ने गर्दछ । फेदरमा गएपछि जहाज अवतरण हुने प्रक्रिया सुरु हुन्छ ।
फेदरमा जाँदा इन्जिनको पावर धेरै कम भइसकेको हुन्छ । जसले गर्दा जहाज साविकको गतिमा उड्न सक्दैन ।जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा जानुको कारण भने अनुसन्धान भइरहेको छ ।
गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन–एनएसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोँचमा दुर्घटना हुँदा चालक दलका ४ जना सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।















प्रतिक्रिया