१ कार्तिक २०८३, शनिबार

कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेपछि सरकारलाई समर्थन गर्‍यो : नारायणमान बिजुक्छें

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबको १३औँ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन काँग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गर्न नसकेको आरोप लगाएका हुन् ।

सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भए पनि सत्ताको माहले काँग्रेसले त्यो जिम्मेवारी छाडेको उनको भनाइ छ । विचार नमिल्नेहरूको सरकार बनाएर दलहरूले गैरजिम्मेवारीपन देखाएको धारणा उनले व्यक्त गरेका छन् ।

बिजुक्छेँले संसदमा जनसरोकारका विषय र आफ्ना विचारहरूका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताए ।