
काठमाडौं, २३ माघ । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म टर्की र सिरियामा ५ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा टर्कीका २ सय ८४ जनाभन्दा धेरै रहेका छन् । भने कम्तीमा २३ सय घाइते भएका टर्कीका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीको दक्षिण पूर्वी गाजियान्टामा केन्द्रबिन्दु भएर सोमबार बिहान गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पको ठूलो प्रभाव सिरियामा पनि परेको हो ।
भूकम्पमा परी दुई देशमा गरी हालसम्म ३ हजार भन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का लेबनान र इजरायलमासमेत महशुस गरिएको छ ।
सुरक्षाकर्मीले उद्दार गरिरहेका छन् । टर्कीको प्रकोप व्यवस्थापन विभागले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरेको छ ।















प्रतिक्रिया