३ कार्तिक २०८३, मंगलबार

टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टर्की, २३ माघ । टर्कीको दक्षिणी क्षेत्रमा  ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा  लगभग २० लाख जनसङ्ख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेका बीबीसीले जनाएको छ ।

 भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ । एजेन्सी