१ कार्तिक २०८३, आइतबार

दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिएकी छिन् ।

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशंसनीय कार्य रहेको बताइन् ।

उनले वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेकाले नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वद्र्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुने धारणा राखिन् ।

आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।