१ कार्तिक २०८३, आइतबार

ताइवानको विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन्।

अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका विषयमा सोध्दा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन् ।

जसले ताइवानप्रति चिनियाँ नेताको महत्वाकांक्षालाई कम आँकलन गर्न नहुने बताए तापनि रुसको कार्यसम्पादनबाट उनी संकुचित छन्। ताइवान चीनको एक अविभाज्य भाग हो। ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो,ू प्रवक्ता माओले भनिन् ।

प्रवक्ता माओले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न प्रकृतिका छन् र तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिएकी छन् ।
उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखेकी हुन् ।