
काठमाडौं, २१ माघ । नेकपा एमालेका नेता भीम रावलले विपरित सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका छन् ।
शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानी: नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक बिमोचन कार्यक्रममा रावलले अहिलेको सरकारमा बिपरित सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरु एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका हुन् ।
उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त बिपरित अघि बढाउन खोज्ने बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे । रावलले विपरित सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहि पनि नदेखिएको उल्लेख गरे ।
निजी बिद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो ? भन्दै उनले प्रश्न गरे । पुस्तकमा द्वारिकादेवीको राजनीतिक यात्रादेखि संघर्षका बिषयहरु उल्लेख गरिएको छ ।















प्रतिक्रिया