१ कार्तिक २०८३, आइतबार

माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्ने दलसँग सहकार्य

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो । राष्ट्रिय सहमति जुट्न नसके विचार मिल्ने दलसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।

सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने सचिव देवेन्द्र पौडेलले बताए ।

पौडेलले राष्ट्रिय सहमतिमा जोड दिँदा एमालेसँग सम्बन्ध नबिग्रने दाबी गरे । ‘एमालेसँग दूरी बढ्ने प्रश्‍नै छैन। एमालेलाई बाहिर राखेर, बाइपास गरेर, केही नयाँ गर्न खोजेकै छैनौं,’ उनले भने ।

यस्तै बैठकले पार्टी संगठनबारे पनि छलफल गरेको छ । २ महिना सबै फिल्डमा जाने, पार्टी पंक्ति बाहेक जनता पनि भेटेर २ महिना पछि त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्ने निर्णय भएको पौडेलले जानकारी दिए ।