१ कार्तिक २०८३, शनिबार

१० सीट जित्दा पनि थ्रेसहोल्ड कटाउन सकेनौँ, गम्भीर समीक्षा गरौँ : माधव नेपाल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले १० सीट जित्दा पनि पार्टीले थ्रेसहोल्ड कटाउन नसक्नुका कारणहरूबारे केन्द्रीय कमिटी बैठकले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

आज शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले संघ र प्रदेशको निर्वाचनमा पार्टीले १० सीट ल्याए पनि थ्रेसहोल्ड कटाउन नसकेको र सोचेजस्तो परिणाम पनि नआएकाले गम्भीर भएर समीक्षा गर्नुपर्ने बताएका हुन् ।

बैठकमा अध्यक्ष नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारमा सामेल हुन समर्थन नभई सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएको उल्लेख गरेका छन् ।

मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनबाट ठूलो दल बनेपछि काँग्रेसमा शक्तिको घमण्ड बढ्नु, काँग्रेससँग सही सूचना नहुनु र गलत सूचनामा विश्वास गरेकै कारण पुरानो गठबन्धन टुटेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रतिवेदनमा माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोंच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री त्यागेर हिड्ने प्रवृत्ति रहेको उल्लेख गरिएको छ । समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्ने छ ।