१ कार्तिक २०८३, शनिबार

दूधपोखरी चेपे जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । गोरखाको दूधपोखरी चेपे जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

गोरखाको दूधपोखरीमा निर्माणाधीन दुधपोखरी चेपे जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधपोखरी मेचेका अध्यक्ष सविन प्रधानाङ्गबीच बिहीबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आयोजनाको कुल लागतमा बैंकले ७० प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत आयोजनाले नै लगानी गर्नेछ ।

दूधपोखरी चेपे जलविद्युत् आयोजना ८.८५६ मेगावाटको भएको अध्यक्ष सविन प्रधानाङ्गले बताए । उनका अनुसार जलविद्युतका लागि चाहिने सडक एवम् प्रसारण लाइनको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

आयोजनाको प्रशारण लाइन सुपर चेपे जलविद्युत् आयोजनाको प्रशारण लाइनमा डबल सर्किट भएर ल्याइने तयारी छ । सुपर चेपे र दूधपोखरी चेपेको संयुक्त कोलाब्रेसनमा काम भएपछि सो क्षेत्रका बासिन्दा पनि खुशी भएको बताइएको छ ।