
काठमाडौं, २० माघ । राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले अपाङ्गता भएका एक निरीह व्यापारीमाथि काठमाडौं महानगरपालिकाको प्रहरीले गरेको व्यवहार हिंसात्मक, अमानवीय र दण्डनीय भएको बताएको छ ।
संयुक्त राष्ट्र संघीय महासन्धीविपरीत भएको घटनामा संलग्न व्यक्तिहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दृष्टिबाट समेत दण्डनीय रहेको बताउँदै दोषीमाथि तत्काल कारबाही गर्न महासंघले माग गरेको छ ।
घटनाबारे आज शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघले बुधबार काठमाडौंको मखन तरणीबहाल मखनटोलबाट मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यापारीलाई धरकपड गर्दै ह्विलचियरसहित उचाली ट्रकमा राखेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘नेपाल समेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीको अपाङ्गता भएका व्यक्तिहरुको नैसर्गिक मर्यादाको सम्मान गरिनुपर्ने सिद्धान्तविपरीत नगर प्रहरीहरुबाट ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको विषय मात्र नभई कानुनको घोर उल्लंघन भएको त्यस्तो व्यवहार गर्ने व्यक्ति र निकायको अपराधिक कार्यलाई दण्डित गर्नुपर्छ भन्ने ठम्याई यस राष्ट्रिय अपाङ्ग महासंघको रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
दोलखा निवासी ह्विलचियर प्रयोगकर्ता डिल्लीबहादुर कार्कीले आफ्नो अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐनको स्वरोजगारसम्बन्धी हक प्रयोग गर्दै आफ्नो रोजीरोटीका लागि सडकमा खुद्रा व्यापार गरी मास्क बेचीरहेको अवस्थामा महानगरपालिकाले नेपालको संविधान र कानूनविपरीत एक अशक्त अपाङ्गता भएको व्यक्तिलाई बल प्रयोग गरी ह्विलचियरसहित उठाएर ट्रकमा हालेको घटना घोर अपमानजनक र विभेदयुक्त रहेको महासंघको ठहर छ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया