
काठमाडौं, २० माघ । नेपाली युवती मिलाइदिने भन्दै एपमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
‘नेपाली केटी’ नामक एप बनाएर ठगी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक भारतीय र सात जना नेपाली नागरिक छन्।
पक्राउ पर्नेमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर वडा नं. ७ बाजपट्टी थाना घर भई काठमाडौंमा बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ भई हाल बौद्ध जोरपाटी नारायणटार बस्ने वर्ष ३४ को दिलिप कुमार चौधरी, पर्साको विन्दवासिनी–८ का ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहटको रङगपुर नगरपालिका–१ का २७ वर्षीया रविना चौधरी र बाराको कोलबी नगरपालिका–४ स्थायी वतन भई हाल हेटौँडा उपमहानगरपालिका–९ गुम्वा चोक बस्ने सन्तोष कुर रहेका छन्।
यसैगरी, वीरगंञ्ज महानगरपालिका–२५ का वर्ष २८ को राजु पटेल, सोही स्थानका २० वर्षीय साहिल परबेज र वर्ष १९ को शिवशंकर राउतलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले सामाजिक सञ्जालमा एपको लिंक पठाउने र लिंक खोले लगत्तै मोबाइल प्रयोगकर्ताको फोनमा पहुँच पुर्याइ बैंक खाताहरुबाट रकम ठगी गर्दै आएका थिए ।
उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल थान–९, ल्यापटप थान–१ र थान ५ एटीएम कार्ड बरामद भएको छ।















प्रतिक्रिया