
काठमाडौं, २० माघ । मधेश प्रदेशमा दलहरुबीच भागबण्डा मिलेको छ । दलहरुबीच भागबण्डा मिलेसँगै सरकार विस्तार भएको छ । मन्त्रीहरु आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
भागबण्डाअनुसार जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री बन्ने भएका छन् । यस्तै जनमत पार्टीकै सञ्जय कुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बन्ने भएका छन् ।
यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी जसपाका सिंहासन साह कलवारले पाएका छन् । यसैगरी सुरिता साहलाई खानेपानी तथा ऊर्जा विकासमन्त्री बनाइने भएको छ ।
यसैगरी एमालेबाट गृह तथा सञ्चार राज्यमन्त्री मोहमद जइद आलम बन्ने सहमति हुँदा गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी बन्ने भएका छन् ।
यस्तै महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा सत्रुधनसिंह कोइरीलाई पठाइने भएको छ । उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादीका भरत प्रसाद साहलाई पठाइएको छ ।















प्रतिक्रिया