१ कार्तिक २०८३, आइतबार

नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ: गोविन्द केसी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार संघको निर्वाचन अन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेशागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन् ।

संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनले बताए । डा केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राखे ।

चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उनको भनाइ छ । उपत्यकामा संघको नयाँ कार्यसमितिका लागि शनिबारसम्म निर्वाचन हुनेछ ।

संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो । संघको बिभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।