
सिन्धुपाल्चोक, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।
आज शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो । शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ। तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो ।’
भौतिक पूर्वाधार महत्वपूर्ण कुरा भए पनि अहिलेको अवस्थामा शिक्षाको गुणस्तर अझ महत्वपूर्ण भएको उनको भनाइ छ । गुणस्तरका निम्ति शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।















प्रतिक्रिया