
काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन् ।
घरबाट आफै गाडी चलाएर निस्किएका भूसाल बाटोमै बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो ।
उनी आफै गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका बताइएको छ । उनी बानेश्वर पुगेर बेहोस भएका थिए । उनको अहिले बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।















प्रतिक्रिया